
Apr 18 2025 | २०८२, वैशाख ५ गते
काठमाडाैँ । चर्चित नायक आर्यन सिग्देल नयाँ फिल्म अनुबन्ध भएका छन् । निर्देशक मधुसुदन भट्टराईले निर्माण गर्ने नयाँ फिल्ममाआर्यनले हस्ताक्षर गरेका हुन् । फिल्मको नाम भने अहिले गोप्य राखिएको छ ।
निर्देशक भट्टराई र आर्यनबीच फिल्मको विषयमा सोमबार सम्झौता भएको हो । फिल्ममा आर्यन ‘लभर ब्वाई’ को भूमिका देखिने निर्माण पक्षले जनाएको छ ।
‘डेस्टिनेशन काठमाडौँ’ फिल्म निर्देशन गरेका भट्टराईको अनुसार आरआर फिल्मस्को ब्यानरमा निर्माण हुने फिल्मको कथा प्रेम कथामा आधारित हुनेछ फिल्ममा अन्य कलाकारहरु भने छनौट गर्न बाँकी रहेको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij