
Apr 23 2025 | २०८२, वैशाख १० गते
नेपाल बंगलादेश बैंकको कामु प्रमुख कार्यकारी अधिकृतमा भुपेन्द्र पाण्डे नियुक्त भएका छन् ।
बैंकको सञ्चालक समिति बैठकले १५ दिनअघि उनलाई नियुक्ति दिएको थियो। बैंकका तत्कालिन सीईओ ज्ञानेन्द्र ढुंगाना दुई कार्यकाल पुरा गरेर बैंकबाट बिदा भएपछि पाण्डेले बैंकको कमाण्ड सम्हालेका हुन् ।
बैंकिङ क्षेत्रमा २० वर्षको अनुभव भएका पाण्डे यसअघि राष्ट्रिय बाणिज्य बैंक तथा नेपाल इन्फ्रास्ट्रक्चर बैंकमा डेपुटी सीईओ भएर काम गरिसकेका छन् ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij