Logo

Apr 02 2025 | २०८१, चैत २० गते

Apr 02 2025 | २०८१, चैत २० गते

स्मार्टफोनभन्दा पावरफुल ट्याब्लेट ल्याउँदै ओप्पो

स्मार्टफोनभन्दा पावरफुल ट्याब्लेट ल्याउँदै ओप्पो

  • चिनियाँ स्मार्टफोन कम्पनी ओप्पोले बजारमा नयाँ ट्याब्लेट भित्र्याउने तयारी गरेको छ । जुन धेरै स्मार्टफोनभन्दा पावरफुल रहने दाबी गरिएको छ ।
    स्न्यापड्रागन ८७० प्रोसेसरयुक्त उक्त यो ट्याब्लेट कम्पनीकै स्मार्टफोन एक्स ३ को तुलनामा १० प्रतिशत बढी पावरफुल रहेको जनाइएको छ । यो स्मार्टफोनमा पनि स्न्यापड्रागन ८७० चिपसेट नै प्रयोग गरिएको छ ।

    यो ट्याब्लेटमा ८०८० एमएएच क्षमताको ब्याट्री रहने छ । ३३ वाटको फास्ट चार्जिङ सिस्टम रहेको ट्याब्लेट एन्ड्रोइड ११ मा आधारित हुनेछ ।
    ट्याब्लेटमा ६ जीबी र्‍याम र २५६ जीबी रोम उपलब्ध हुनेछ । १२० हर्जको रिफ्रेस रेट रहेको ट्याब्लेटमा १३ मेगापिक्सेलको मुख्य क्यामेरा हुनेछ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij