Logo

Apr 18 2025 | २०८२, वैशाख ५ गते

Apr 18 2025 | २०८२, वैशाख ५ गते

आत्महत्या न्यूनीकरण गर्ने प्रहरीले बनायो लघुचलचित्र

आत्महत्या न्यूनीकरण गर्ने प्रहरीले बनायो लघुचलचित्र

  • आत्महत्या न्यूनीकरणका लागि जिल्ला प्रहरी कार्यालय खोटाङले जनचेतनामुलक लघुचलचित्र ‘आत्महत्या नगरौं, बाँचौं र बचाऔं’ तयार पारेको छ ।

    images
    images
    images

    पछिल्लो समय जिल्लामा आत्महत्याका घट्ना अधिक घट्न थालेकाले आत्महत्या न्यूनीकरणका लागि जनचेतनामुलक लघु चलचित्र तयार पारिएको जिल्ला प्रहरी कार्यालय खोटाङका डिएसपी उमेश लम्सालले बताए । 

    जिल्ला प्रहरी कार्यालयले समुदाय–प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत स्थानीय तहसँगको सहकार्यमा सन्देशमुलक लघु चलचित्र बनाएको हो ।

    समुदाय–प्रहरी साझेदारी कार्यक्रम अन्तरगत गाउँ टोलदेखि क्याम्पस, विद्यालय लगायतमा सञ्चालन गरिने सचेतनामुलक कार्यक्रममा देखाउनेगरी लघु चलचित्र तयार पारिएको डिएसी लम्सालले बताए । 

    प्रहरीका अनुसार जिल्लामा आर्थिक वर्ष २०७५/०७६ देखि आर्थिक वर्ष २०७७/०७८ सम्ममा १९१ जनाले आत्महत्या गरेका छन् । चालु आर्थिक वर्ष मात्र १८ पुरुष र १३ महिलाले आत्महत्या गरेको प्रहरीले जनाएको छ । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij