Logo

Apr 11 2025 | २०८१, चैत २९ गते

Apr 11 2025 | २०८१, चैत २९ गते

तनाव हटाउन अध्यात्म पुस्तक पढ्दै ज्याकलिन

तनाव हटाउन अध्यात्म पुस्तक पढ्दै ज्याकलिन

  • बलिउड अभिनेत्री ज्याकलिन फर्नान्डिज अहिले गलत कामका कारण चर्चामा छिन् । महाठग सुकेश चन्द्रशेखरको दुई सय करोड मनी लन्ड्रिङ मामिलामा उनको नाम आएपछि केहीँ समयअघि उनलाई इडीले सोधपुछ गरेको थियो ।

    images
    images
    images

    यो सोधपुछपछि उनले सुकेशबाट महँगो उपहार पाएको खुलासा भएको थियो । हालैमात्र उनको सुकेशसँगको नयाँ तस्बिर सामाजिक सञ्जालमा भाइरल भएको थियो । त्यो तस्बिरमा उनको घाँटीमा लभबाइट प्रस्ट देखिन्थ्यो ।
    यी घटनाका कारण तनावमा रहेकी ज्याकलिन आफूमाथि आएको संकटलाई हटाउन अध्यात्म किताबको सहारा लिएकी छन् । ज्याकलिन लुइस एल हेको पुस्तक पढिरहेकी छन् । जुन पुस्तक क्षमा र पीडा कसरी कम गर्न सकिन्छ भन्ने विषयमा आधारित छ ।

    फिटनेसमा चासो राख्ने उनी आजकल निकै समय योग र शारीरिक अभ्यास गरिरहेकी छन् ।

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij