
Jul 03 2025 | २०८२, असार १९ गते
काठमाडौँ । महानगरीय ट्राफिक महाशाखाले मेसिनबाटै ट्राफिक जरिवाना तिर्न सकिने व्यवस्थाको शुरुवात गरेको छ ।
ट्राफिक प्रहरी महाशाखाका प्रहरी वरिष्ठ उपरीक्षक उमेशराज जोशी र प्रभु-पेका अध्यक्ष कुसुम लामाले संयुक्त रूपमा नगद पैसा हालेर ट्राफिक जरिवाना तिर्न सकिने प्रविधी प्रभु-पेको किअस्क मेसिन उद्घाटन गरेका हुन् ।
कसरी तिर्ने मेसिनबाट जरिवाना
सर्बप्रथम प्रभु-पेको किअस्क मेसिन (KIOSK) मा रहेको ट्राफिक प्रहरीको लोगोमा क्लिक गरी स्क्रिनमा देखिने चिट नम्बर र आर्थिक बर्ष टाइप गरी नेक्सट बटन थिच्चनुहोस् । त्यसपछि देखिने चिट नम्बरलगायतको सूचना चेक गरी नेक्सट बटनमा थोचेर तिर्नुपर्ने रकम मेसिनमा हालेर भुक्तानी गर्नुहोस् । भुक्तानी सफल भएपश्चात प्रिन्ट भएको रसिदसहित ट्राफिक कार्यालयमा गई आफ्नो कागजपत्र लिन सकिन्छ ।
कोरोना संक्रमणको समयमा ट्राफिक कार्यालय र बैंकमा हुने अनावश्यक भिडभाडमा कमी आउने र कोरोना संक्रमणको जोखिमलाई न्यूनीकरण गर्नसमेत यो मेसिनले महत्वपूर्ण भूमिका खेल्ने ट्राफिक प्रहरी महाशाखाका प्रवक्ता एवं एसपी सञ्जीव शर्मा दासले बताए।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij