
Apr 02 2025 | २०८१, चैत २० गते
काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोनाको लक्षण र चिन्ह भएका व्यक्तिको उपचार निशुल्क गर्ने आफ्ना सूचिकृत अस्पताललाई निर्देशन दिएको छ । कतिपय अस्पतालहरुले मन्त्रालयबाट पैसा नआएको भन्दै रकम लिने गरेका छन् । निर्देशनको अटेरी गरे कारवाही गर्ने समेत चेतावनी दिएको छ ।
कतिपय अस्पतालहरुले मन्त्रालयबाट पैसा नआएको भन्दै रकम लिने गरेका छन् । निर्देशनको अटेरी गरे कारवाही गर्ने समेत चेतावनी दिएको छ ।
मन्त्रालयका प्रवक्ता प्रा.डा जागेश्वर गौतमले भने, ’हामीले पटकपटक सूचना जारी गरेका छौं, सूचिकृत अस्पताललाई उपचार बापतको रकम सोधभर्ना हुन्छ भनेका छौ । यस्तो भन्दाभन्दै शुल्क लिनु गैरकानूनी कार्य हो । गैरकानूनी कार्य गरेमा कारवाहीको भागिदार हुनेछन् ।’ मन्त्रालयले ठूला सरकारी अस्पतालसहित केही निजी तथा सामुदायिक अस्पतालहरुसंग सम्झौता गरी कोभिड १९ का बिरामीहरुको उपचार निशुल्क गर्ने व्यवस्था गरेको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij