
Apr 17 2025 | २०८२, वैशाख ४ गते
काठमाडौँ । जोर्डनको संसद्मा सांसदहरुबीच हात हालाहाल र कुटाकुट भएको छ । विवाद र चर्काचर्कीपछि सत्ता पक्ष र विपक्षी सांसदहरुबीच संसद्भित्रै कुटाकुट भएको हो ।
सभामुखले उपसभामुखलाई सदन छोड्न भनेपछि विवाद चर्किएको थियो संसद् भवनभित्र भएको विवादबारे सामाजिक सञ्जालमा राखिएका भिडियोमा सांसदहरू एक अर्कालाई मुक्का हानेको तथा उपसभामुख भुइँमा ढलेको देखिन्छन् ।
उपसभामुख ढलेपछि केही सांसदहरूले होहल्ला गरेका थिए । संविधान संशोधनको प्रस्तावबारे भएको छलफलमा एक सांसदले अस्वाभाविक मन्तव्य दिएपछि सांसदहरूबीच चर्काचर्की भएको थियो ।
त्यसपछि ती सांसदलाई आफ्नो भनाई फिर्ता लिन र क्षमा माग्न विपक्षी सांसदहरूले माग गरेका थिए । ‘संसद्मा सांसदहरुबीच भएको झगडा र कुटाकुटले संसदको गरिमा घटेको छ,’ सांसद खालिल आतियहले भने ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij