
Apr 17 2025 | २०८२, वैशाख ४ गते
न्युयोर्क । विश्वभरि कोभिडको कारण हवाई उडान रद्द हुने क्रम बढ्दै गइरहेको छ । जसलेगर्दा हजारौँ मानिस आफ्नो गन्तव्यमा पुग्न असफल भएका छन् ।
सोमबार मात्रै १ हजार ४ सय वटा भन्दा बढि उडान रद्ध गरिएका छन् । यसमा पनि चिनिया तथा अमेरिकी गन्तव्यहरु सबैभन्दा नराम्ररी प्रभावित भएको फ्लाइट अवयर डाटा ट्रयाकिंग वेबसाइटले जनाएको छ ।
अमेरिकी एयरलायन्सहरुले चालक दलका सदस्यहरु कोरोना पोजिटिभ देखिएकाले वा आइसोलेसनमा बस्न थालेकाले उडानहरु अवरुद्ध हुन पुगेको जनाएका छन् ।
कोरियाबाट आएका उडानमा केहिँ कोरोना पोजिटिभका घटना देखिएका कारण हङकङले दुई साताका लागि दक्षिण कोरियाको कोरियन एयरका सम्पूर्ण उडान माथि प्रतिवन्ध लगाएको छ ।
शुक्रबार देखि शुरु भएको क्रिशमस सप्ताहान्तलाई लिएर विश्वभरि ८ हजार भन्दा बढि उडान ग्राउन्डेड भइसकेका छन् ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij