
Apr 10 2025 | २०८१, चैत २८ गते
वीरगञ्ज । किसानको करिब ४५ लाख रुपैयाँ ठग्ने एकजना पक्राउ रौतहटबाट पक्राउ परेका छन् । प्रहरीले किसानको पैसा ठग्ने वृन्दावन नगरपालिका ६ हर्षाहा टोल बस्ने वर्ष २८ को अनिल कुमार पटेललाई पक्राउ गरेको हो । ओम्नी अटोमोबाइलले चन्द्रनिगाहपुरको ट्रयाक्टर सो रुमबाट स्ताबन्दीमा ट्रयाक्टर खरिद गरेका २३ जना किसानहरुको किस्ता बापतको रकम ठगी गरेको प्रहरीले जनाएको छ । उनले २०७५ साल साउन १ गते देखि विभिन्न मितीमा कम्पनीमा बुझाउन भनि किसानहरुबाट ४४ लाख ७८ हजार ५ सय बुझेर कम्पनीमा नबुझाइ लिएर फरार भएका थिए ।
रकम ठगी गरेको भन्ने जाहेरी दरखास्त प्रहरीमा किसानहरुले दिएपछि पटेललाई प्रहरीले पक्राउ गरेको रौतहटका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक भरत श्रेष्ठले जानकारी दिए । पक्राउ परेका पटेललाई जिल्ला अदालतबाट ७ दिनको म्याद थप गरि अनुसन्धान भइरहेको श्रेष्ठले बताए ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij