
Apr 22 2025 | २०८२, वैशाख ९ गते
काठमाडौँ । कोभिड १९ को ओमिक्रोन भेरियन्ट फैलिन थालेपछि इंग्लिस प्रिमियर लिग फुटबलका दुई खेल रद्द गरिएको छ । आइतबारका लागि तय गरिएका लिभरपुल र लिड्स युनाईटेड तथा वुल्भ्स र वार्टफोर्डबीचको खेल रद्द गरिएको हो ।
आधा दर्जन बढी खेलाडीमा ओमिक्रोन संक्रमण भएपछि खेल रद्द गरिएको हो । अरु खेलाडी र प्रशिक्षक पनि उच्च जोखिममा परेका कारण प्रतियोगिताका अरु खेल पनि रद्द हुन सक्ने बिबिसीले जनाएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij