Logo

Jun 24 2025 | २०८२, असार १० गते

Jun 24 2025 | २०८२, असार १० गते

भाइको लाइसेन्सको ट्रायल दिन दाइ गएपछि...! 

भाइको लाइसेन्सको ट्रायल दिन दाइ गएपछि...! 

  • काठमाडौँ । झापामा भाइको बाइकको लाइसेन्सको ट्रायल दिन गएको आरोपमा प्रहरीले दाइलाई पक्राउ गरेको छ । 

    images
    images
    images

    बिहीबार बिहान विर्तामोडस्थित कान्तिपुर ड्राइभिङ सेन्टरबाट एक जनालाई इलाका प्रहरी कार्यालय अनारमनीले पक्राउ गरेको प्रहरी नायब उपरीक्षक सन्तोष आचार्यले जानकारी दिए । 

    images

    प्रहरीले दमक नगरपालिका वडा नम्बर ६ बस्ने ३७ वर्षीय हरि श्रेष्ठलाई पक्राउ गरेको हो। उनी आफ्ना २१ वर्षीय भाइ सुजितबहादुर श्रेष्ठको बाइकको ड्राइभिङ लाइसेन्सको लागि ट्रायल दिन आएका थिए । 

    त्यसरी लाइसेन्स दिन आएको थाहा पाएपछि प्रहरीले हरिलाई नियन्त्रणमा लिएको हो। 

    उनीमाथि यातायात व्यवस्था ऐन अनुसार कारबाही गरिने प्रहरीले जनाएको छ । 

    images

    प्रतिकारात्मक तस्बिर 

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij