
Jun 24 2025 | २०८२, असार १० गते
बुटवल । अनाथ तथा असहाय बालबालिकाको हेरचाह तथा शिक्षाका लागि स्थापना गरिएको अनाथ आश्रमले ५० लाखको अक्षयकोष पुर्याएको छ । २०५३ सालमा अनाथ तथा असहाय महिला कल्याण समाजको नामबाट स्थापना भएको संस्था २०६२ सालबाट आत्मशान्ति अनाथ आश्रमको रुपमा स्थापना भएको हो ।
अक्षयकोष एक करोड पुर्याएर त्यसैको ब्याजबाट आश्रमको व्यवस्थापन खर्च र बालबालिकाको पालनपोषण तथा अध्ययनमा खर्चिने उनको योजना छ ।
भण्डारीका अनुसार हालसम्म ३७ जनाले आश्रय लिइसकेका छन् ।अहिले नौ जना अनाथ मात्रै आश्रममा छन्, भण्डारीले भनिन् । आश्रममा आश्रय लिएर उच्च शिक्षा हासिल गरिसकेका २८ जना आश्रमबाट बिदा भैसकेका छन् । आश्रमको व्यवस्थापनका लागि तिलोत्तमा नगरपालिकाले पनि सहयोग गर्दै आएको तिलोत्तमा ६ का वडाअध्यक्ष सुकदेव न्यौपानेले बताए ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij