Logo

Jun 24 2025 | २०८२, असार १० गते

Jun 24 2025 | २०८२, असार १० गते

मकवानपुरमा ई–पासपोर्टको दर्ता सुरु

मकवानपुरमा ई–पासपोर्टको दर्ता सुरु

  • काठमाडौँ । जिल्ला प्रशासन कार्यालय मकवानपुरले ई– पासपोर्टका लागि आजबाट प्रत्यक्ष दर्ता सुरु गरेको छ । 

    images
    images
    images

    ई–पासपोर्टका लागि सेवाग्राही आफैले पनि  अनलाइन दर्ता गर्न सक्ने जिल्ला प्रशासन कार्यालयले जनाएको छ । 

    images

    काठमाडाँै बाहिर पहिलो पटक मकवानपुरमा यो सेवा सुरु भएको हो । यसका लागि आवश्यक उपकरण र पूर्वाधारको व्यवस्थापन गरिएको बताइएको छ । सुरुमा दैनिक १५ जनाले मात्रै दर्ता गर्न सकिने र कार्यालयको क्षमता अनुसार विस्तारै यो सेवालाई थप गर्दै जाने योजना रहेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । 
     
    कार्यालयका अनुसार दर्ता भएको सातदेखि १५ दिनभित्र ई–पासपोर्ट उपलब्ध गराउने छन् । ई–पासपोर्टका लागि अनिवार्य रुपमा राष्ट्रिय परिचयपत्र फारम भरेर दर्ता गर्नुपर्ने व्यवस्था गरिएको प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले जानकारी दिनुभयो । यस कार्यबाट जिल्लाका बासिन्दा उत्साही भएका छन् । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij