
Jun 24 2025 | २०८२, असार १० गते
काठमाडौँ । प्रहरीले चोरीको मोटरसाइकलसहित दुई जनालाई पक्राउ गरेको छ ।
महानगरीय ट्राफिक प्रहरी महाशाखाले काठमाडौँको लामबगरबाट पार्किङमा लुकाइराखेको अवस्थामा प्रदेश ३ –०२–०११ प ८०७३ नम्बरको कालो रातो रंङको २२० सी.सी.को पल्सर मोटरसाइकलसहित दुई जनालाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा धादिङ खनियाबास गाउँपालिका–३ घर भइ गैरीगाउँ लामाबगर बस्ने १९ वर्षीय पारस तामाङ्ग र धादिङ नेत्रावती डब्जोङ गाउँपालिका–१ घर भइ लामबगर बस्दै आएका २२ वर्षीय बुद्धिबहादुर तामाङ रहेका छन् ।
पक्राउ भएको उक्त मोटरसाइकल मनमैजु घर कम्पाउण्डबाट यही मंसिरमा हराएको भनी काठमाडौं तारकेश्वर नगरपालिका –८, मनमैजु बस्ने सुजिन्द्र लामाले हुलियासहितको निवेदन ट्राफिक महाशाखामा दिएका थिए ।
मोटरसाइकलसहित पक्राउ परेका उनीहरूलाई थप अनुसन्धान तथा चोरी मुद्दामा कारबाहीका लागि महानगरीय प्रहरी वृत्त बालाजुमा पठाइएको ट्राफिक महाशाखाले जनाएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij