
Jun 24 2025 | २०८२, असार १० गते
काठमाडाैँ । बैतडीमा १२ वर्षदेखि माथिका करिब ३९ हजार बालबालिकालाई कोरोना विरुद्धको मोडर्ना खोप दिन थालिएको छ ।
करिब १२ देखि १७ वर्ष उमेर समूहका बालबालिकालाई लक्षित गर्दै सुरु भएको अभियान पुस ११ गते सम्पन्न हुनेछ । मङ्गलबारदेखि जिल्लाको पुर्चौडी नगरपालिका, सिगास र डिलाशैनी गाउँपालिकाका विद्यालयमा खोप दिन थालिएको हो । यी तीन स्थानीय तहमा पुस ८ गतेसम्म अभियान सञ्चालन हुनेछ ।
दशरथचन्द, पाटन नगरपालिका, शिवनाथ, पञ्चेश्वर गाउँपालिकामा आज पुस ७ देखि ९, मेलौली नगरपालिका, दोगडाकेदार गाउँपालिकामा पुस ८ गतेदेखि १० र सुर्नया गाउँपालिकामा पुस ९ देखि ११ गतेसम्म
बैतडीमा उक्त उमेर समूहका ३८ हजार ८१२ बालबालिका रहेका र उनीहरुलाई विद्यालयमै खोप केन्द्र स्थापसञ्चालन हुनेछ । जिल्लाभरी २५९ खोपकेन्द्र स्थापना गरेर अभियान सञ्चालन हुने स्वास्थ्य कार्यालय बैतडीका प्रमुख योगेशप्रसाद भट्टले जानकारी दिए ।
मोडर्ना खोपको पहिलो मात्रा लगाएपछि २८ दिनभित्र दोस्रो मात्रा लगाउनुपर्ने हुन्छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij