
Jun 24 2025 | २०८२, असार १० गते
संखुवासभा । सङ्खुवासभामा श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु भएको छ । सङ्खुवासभा पाँचखपन नगरपालिका–३ की २९ वर्षीया विष्णुमाया राई (लिम्बू) को मृत्यु भएको हो ।
प्रहरी निरीक्षक शुभेष अधिकारीका अनुसार विष्णुमायाको हत्यामा संलग्न भएको आरोपमा दिपन राई पक्राउ गरिएको छ ।
त्यसैगरी, यस्तै मङ्गलबार खाँदबारी नगरपालिका–११ मा जीवन दर्जीको कुटपिटबाट ३० वर्षीय चन्द्रबहादुर दर्जीको मृत्यु भएको छ ।
दुवै जनाबीच विवाद हुँदा कुटपिटबाट चन्द्रबहादुर गम्भीर घाइते भएका थिए । उनको उपचारका क्रममा जिल्ला अस्पतालमा मृत्यु भएको हो । कुटपिटमा संलग्न भएको आरोपमा जीवनलाई प्रहरीले पक्राउ गरेको छ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij