
Jun 24 2025 | २०८२, असार १० गते
रौतहट । रौतहटमा आगलागीमा परेर दुई बालबालिकाको मृत्यु भएको छ । मृत्य हुनेमा फतुवा बिजयपुर १ बरगिनिया गाउँका जोखु यादवका ३ वर्षीया छोरी आराध्य यादव र सन्दीप साहका ५ वर्षीय छोरा रोहित साह रहेका छन्।
बरगिनिया गाउँमा मदन यादवको फुसको छाना रहेको घरअचानक भएको आगलागीबाट जलेर ४ बर्षीया बालिका आराध्यको घटनास्थलमै मृत्यु भएको थियो । आगलागीबाट शरीरको अधिकांश भाग जलिसकेका ५ बर्षिय बालक रोहितको उपचारको क्रममा आज बिहान टिचिङ अस्पताल काठमाडौमा मृत्यु भएको ईलाका प्रहरी कार्यालय बिजयपुरका प्रमुख इन्स्पेक्टर बिष्णु विश्वकर्माले बताए ।
आगलागीबाट मदन यादवको घर तथा घरमा रहेको अन्न, लत्ताकपडा लगायत सबै सामान जलेर नष्ट भएको पीडित परिवारले जनाएको छ । त्यसैगरी रामबिश्वास यादवको १६० भन्दा बढी धानको भारी जलेर ५० हजार भन्दा बढिको क्षति भएको अनुमान गरिएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij