
Jun 24 2025 | २०८२, असार १० गते
कञ्चनपुर । भारतबाट से.३ प ७५२५ नम्बरको मोटरसाइकलमा भारतीय सीमाबाट नेपाल प्रवेश गर्दै गर्दा गस्तीमा रहेको सशस्त्र प्रहरीको टोलीले उनीहरूलाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेहरूमा लालझाडी गाउँपालिका–१ बिनाबारीका १९ वर्षीय अनिल राना, २० वर्षीय रवीन्द्र वडायक र २३ वर्षीय नरेश राना छन् । सशस्त्र प्रहरी बल नेपाल नम्बर ३५ गण हेडक्र्वाटर शैलेश्वरी कञ्चनपुरका सशस्त्र प्रहरी उपरीक्षक वीरेन्द्रबहादुर ऐरका अनुसार पक्राउ परेकाहरूको साथबाट नेट्राभेट १० नामक लागूऔषध ट्याबलेट १३ थान, नेपाली रुपैयाँ ३५० र मोबाइल तीन थान बरामद गरिएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij