Logo

Apr 30 2025 | २०८२, वैशाख १७ गते

Apr 30 2025 | २०८२, वैशाख १७ गते

अनलाइन पत्रिकाको विशेष समाचार बुलेटिन

अनलाइन पत्रिकाको विशेष समाचार बुलेटिन

  •  देशभर ५ हजार २२५ जना सक्रिय संक्रमित १ जनाको मृत्यु

    images
    images
    images

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर ५ हजार २२५ जना सक्रिय संक्रमित रहेका हुन् । 
    मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २२० संक्रमित थपिँदा २६३ जना निको हुनुका साथै १ जनाको मृत्यु भएको छ ।

    पछिल्लो २४ घण्टामा देशभर ४ हजार १४१ जनामा कोरोना परीक्षण भएको थियो । देशभर कोरोना संक्रमितको कुल संख्या पीसीआर विधिबाट भएको परीक्षणमा ८ लाख २५ हजार ९५४ जना पुगेको छ भने एन्टिजेन विधिबाट भएको परीक्षणमा ९५ हजार ९८३ जना पुगेको छ । 

    नेपालको शिक्षा प्रमाणपत्रमा मात्रै सीमित भयो की ?

    शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले नेपालमा सिकेका ज्ञान, सीप प्रमाणपत्रमा मात्रै सीमित भयो की  ? भन्ने विषयमा सोच्नुपर्ने बेला आइसकेको बताएका छन् । 

    त्रिभुवन विश्वविद्यालयका सहकुलपतिसमेत रहेका शिक्षा मन्त्री पौडेलले विश्व परिवेशमा विकसित ज्ञानलाई  मुलुकमा भित्र्याएर देश विकासमा लगाउनुपर्नेमा हामीसँग भएका दक्ष जनशक्ति रोजगारीको खोजीमा विदेशिनुपर्ने बाध्यता रहेकोप्रति चिन्ता प्रकट गरे ।


    आङ सान सूची कैदीको भेषमा अदालत

    सेनाले पदच्युत गरेपछि कारागारमा रहेकी वर्माकी नेतृ आङ सान सूची कैदीको भेषमा नै अदालत उपस्थित भएकी छिन् । अदालतमा उपस्थित भएकी ७६ वर्षीया सूचीले सेतो टप र खैरो लुगी लगाएकी थिइन् । 
    सैन्य सरकारविरुद्ध उतेजक अभिव्यक्ति दिएको र कोभिडसम्बन्धी नियम पालना नगरेको आरोपमा त्यहाँको अदालतले उनलाई दुई वर्ष जेल सजाय तोकेको छ । 

    देउवाको सुझाब सुलभ शिक्षा 

    त्रिभुवन विश्वविद्यालयको ४७औँ दीक्षान्त समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले आर्थिक हैसियत भएका सीमित वर्गको पहुँचमा मात्र शिक्षा हुन नहुने भन्दै सबै नागरिकले सहज र सुलभ शिक्षा पाउनुपर्ने बताएक हुन् । 
    दीक्षित विद्यार्थीले सचेत र शिष्ट नागरिक बन्दै राष्ट्रप्रतिको कर्तव्य निर्वाह गर्ने उनको विश्वास छ । उनले मुलुकको लोकतान्त्रिक प्रणालीलाई सबल र सृदृढ बनाउन, मुलुकको अर्थतन्त्रलाई तीव्ररुपमा रुपान्तरण गर्न दक्ष प्राविधिक जनशक्ति उत्पादन हुनुपर्ने धारणा राखे । 


    हामीले केपी ओलीलाई त रोक्यौँ तर प्रतिगमनको खतरा कायमै : बाबुराम भट्टराई

    समाजवादी पार्टीका नेता बाबुराम भट्टराईले केपी ओलीलाई रोकेको भए पनि अझै प्रतिगमनको खतरा कायमै रहेको बताएका छन् । “हामीले केपी ओलीलाई त रोक्यौँ तर प्रतिगमनको खतरा अझै छ,” उनले भने, “पार्टीहरु पनि स्खलित हुँदै गयौँ । लम्पट हुँदै गयौँ । दक्षिणपन्थी शक्ति हाबी हुन सक्छन् ।”
     
    मौसम खराबीका कारण खोप ल्याइएको जहाज फिर्ता

    त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा मौसम खराबीले आज बिहान जहाज अवतरण गर्न नसकेपछि खोप फिर्ता भएको हो । एशियाली विकास बैंकको सहयोगमा चीनबाट भेरोसेल खोप नेपाल ल्याउन लागिएको थियो । मौसम खराबीका कारण जहाज अवतरण गर्न नसकेपछि आज चीनबाट ल्याइएको कोरोना भाइरस विरुद्धको भेरोसेल खोप फिर्ता भएको छ ।

    ३५ वर्षीय बोरिस राष्ट्रपतिमा निर्वाचित 

    चिलीमा विपक्षी पार्टीका नेता ग्याब्रियल बोरिस राष्ट्रपतिमा निर्वाचित भएका छन् । दक्षिणपन्थी उम्मेदवार जोसे एन्टोनियो कास्टलाई पराजित गरि ३५ वर्षीय बोरिस विजयी भएका हुन् । 
    अधिकांश मतगणना हुँदा बोरिसले ५६ प्रतिशत मत प्राप्त गरेका छन् । कास्टले ४४ प्रतिशत मत प्राप्त गरेका छन् । मतदान सम्पन्न भएको डेढ घन्टामै कास्टले आफ्नो पराजय स्वीकारेका थिए । निर्वाचनको औपचारिक घोषणा हुन भने बाँकी छ 

    गयो छात्रामा ज्यान

    सर्लाही । ट्युसन पढ्न जाँदा ट्रकले ठक्कर दिएर एक छात्राको ज्यान गएको छ । 
    लालबन्दी नगरपालिका–९ स्थित पूर्व पश्चिम लोकमार्ग अन्तर्गत बस्तीपुर चोकमा पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ना ३ ख ७९९० नं को ट्रकले ठक्कर दिँदा एक छात्रको आज विहान मृत्यु भएको छ।

    संसद् बैठकको सम्भावित कार्यसूची

    भोलि प्रतिनिधि सभाको बैठक बस्दै छ । प्रतिनिधि सभाको सचिवालयले भोलिको बैठकको सम्भावित कार्यसूची सार्वजनिक गरेको छ ।

    भोलिको बैठकमा सांसद प्रेम सुवालले यौन हिंसाविरुद्धका केही ऐनलाई संसोधन गर्ने अध्यादेश २०७८लाई अस्वीकार गरियोस् भन्ने सूचना प्रस्तुत गर्ने छन् । त्यस्तै  कानुनमन्त्री दिलेन्द्र बडूले यौन हिंसाविरुद्धका केही ऐनलाई संसोधन गर्ने अध्यादेश २०७८लाई स्वीकृत गरियोस् भन्ने प्रस्ताव पनि पेस गर्नेछन् । 
    सांसद प्रेम सुवालले नै फौजदारी कसूर तथा फौजदारी कार्यविधि सम्बन्धी केही ऐन संसोधन गर्ने अध्यादेश २०७८लाई अस्वीकार गरियोस् भन्ने सूचना प्रस्तुत गर्नेछन् । त्यस्तै कानुनमन्त्री बडूले नै फौजदारी कसूर तथा फौजदारी कार्यविधि सम्बन्धी केही ऐन संसोधन गर्ने अध्यादेश २०७८लाई स्वीकृत गरियोस् भनी प्रस्तुत गर्ने संसद् सचिवालयले जनाएको छ ।

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij