
Jun 24 2025 | २०८२, असार १० गते
काठमाडौँ । भक्तपुरमा आफ्नै श्रीमतीको कुटपिट गरी हत्या गरेको आरोपमा एकजना पक्राउ गरेका छन् ।
पक्राउ पर्नेमा भोजपुर केराबारी घर भइ हाल जिल्ला भक्तपुर सूर्यविनायक नगरपालिका–५ कटुन्जे तज टोलमा डेरा गरी बस्ने २८ वर्षीय जिवन राई रहेका छन् ।
प्रहरीका अनुसार राईले मादक पदार्थ सेवन गरी कुटपिट गर्दा उनकी २५ वर्षीया श्रीमती मन्दिरा राईको घटनास्थलमै मृत्यु भएको हो । श्रीमतीको हत्या गरेपछि उनी फरार भएका थिए ।
पक्राउ परेका उनीमाथि थप अनुसनधान भइरहेको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij