
Jun 25 2025 | २०८२, असार ११ गते
धनगढी । कैलालीको जानकी गाउँपालिकामा एक युवकको घाँटी रेटेर हत्या गरिएको छ ।
जानकी गाउँपालिका–९ स्थित अमरावती सामुदायिक वनमा घाँटी रेटेर हत्या गरिएको अवस्थामा उनको शव फेला परेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रबक्ता प्रहरी नायव उपरीक्षक वेदप्रकाश जोशीले बताए । मृत्यु हुनेमा २५ वर्षीय अरुण दाश रहेका छन् ।
हत्या कस्ले र किन गर्यो भन्ने जानकारी नभए पनि घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij