
Jun 25 2025 | २०८२, असार ११ गते
ललितपुर । नेपाल भ्रमणमा गएका पत्रकार किसन राईको निधन रहस्यमय भएको भन्दै निष्पक्ष छानबिनका लागि माग गरिएको छ। किरात राई यायोक्खा हङकङको अग्रसरतामा अध्यक्ष चन्द्रका राई, महासचिव गंगाराम राईसहित अन्य संघसंस्थाका प्रतिनिधि लगायतले हङकङ स्थित महावाणिज्यदूतावासको कार्यालयमा मागपत्र बुझाएका छन्।
पत्रमा स्वर्गीय राईको शव प्रकृतिदेखि पोष्टमार्टम रिपार्ट शंकास्पद देखिएको, घटनास्थल र सँगै गएका साथीका बारेमा स्पष्ट तथ्य बाहिर नआएको कारण घटना थप रहस्यमय बन्दै गइरहेकाले यथाशिघ्र छानविन र सत्यतथ्य बाहिर ल्याउन महावाणिज्यदूतावास मार्फत नेपाल सरकारलाई माग गरिएको छ। पत्रकार राई कात्तिक ७ गते खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका ८ दोर्पाचिउरीडाँडाको पंखु खोला नजिकै भिरबाट लडेर मृत्यु भएको प्रहरीले जनाएको थियो।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij