
Jun 25 2025 | २०८२, असार ११ गते
काठमाडाैँ । तनहुँको बन्दीपुरमा साढे ३ करोड लगानीमा सुविधा सम्पन्न होटल र फनपार्क निर्माण गरिएको छ । करीब साढे ३ करोड रुपैयाँ लगानीमा निर्माण सम्पन्न होटलसँगै फनपार्क सञ्चालन ल्याइएको हो ।
बन्दीपुरमा आउने आन्तरिक तथा बाह्य पर्यटकलाई लक्षित गरी सुविधा सम्पन्न होटल र फनपार्क निर्माण गरिएको होटल द रेड हाउसका सञ्चालक कमल पौडेलले बताए ।
२० वटा सुविधाजन्य कोठा र ८० जना क्षमताको सेमिनार हल सहितको होटल केही दिनभित्र सञ्चालन गर्ने तयारी भइरहेको पाैडेलले जानकारी दिए ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij