
Jun 25 2025 | २०८२, असार ११ गते
काठमाडौँ । मकवानपुरमा ट्रयाक्टरबाट खसेर एक जनाको मृत्यु भएको छ । जिल्लाको हेटौंडा उपमहानगरपालिका–८ कमाने फारलाइनमा घाइते अवस्थामा भेटिएका स्थानीय अन्दाजी ४० वर्षीय शक्ति वाइवाको मृत्यु भएको हो ।
घाइते अवस्थामा भेटिएका वाइवालाई प्रहरीले उद्धार गरी उपचारका लागि हेटौंडा अस्पताल ल्याएको थियो ।वाइवाको उपचारको क्रममा ज्यान गएको मकवानपुरका निमित्त प्रहरी प्रवक्ता प्रहरी निरीक्षक देवेन्द्र दासले बताएका छन् ।
घटनालगत्तै मकवानपुर प्रहरीले अनुसन्धान गर्दा मृतक ना ७ त १२९५ नम्बरको ट्र्याक्टरमा ज्यामी काम गर्ने र सोही ट्र्याक्टरबाट खसेको पाइएको छ ।
प्रहरीले ट्र्याक्टर र चालक हेटौंडा ८ कमाने बस्ने २८ वर्षीय अजित ढकाललाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान सुरु गरेको जनाइएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij