
Jun 25 2025 | २०८२, असार ११ गते
काठमाडौँ । काठमाडौँ महानगरपालिका–१३ छाउनीमा ट्याक्सी चालकमाथि चक्कु प्रहार गर्ने व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा बाराको कलैया बस्ने १९ वर्षीय विकास सराब रहेको महानगरीय प्रहरी परिसर काठमाडौँले जनाएको छ ।
चक्कु प्रहारबाट बा १ ज १४४६ नम्बरका ट्याक्सी चालक काभ्रेपलाञ्चोक जिल्लाको रोशी गाउँपलिका–२ घर भई डल्लु बस्ने ३८ वर्षीय कृष्णबहादुर लामा घाइते भएका छन् । घाइतेलाई मनमोहन मेमोरियल अस्पताल स्वयम्भूमा प्रारम्भिक उपचारपछि थप उपचारका लागि ट्रमा सेन्टरमा ल्याइएको छ ।
घटनामा प्रयोग भएको चक्कुसहित नियन्त्रणमा लिई प्रहरी वृत्त स्वयम्भूबाट थप अनुसन्धान भइरहेको महानगरीय प्रहरी परिसर काठमाडौँका प्रवक्ता प्रहरी उपरीक्षक दिनेशराज मैनालीले जानकारी दिए ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij