
Jun 25 2025 | २०८२, असार ११ गते
काठमाडाैँ । नेपाली कांग्रेसका नवनिर्वाचित महामन्त्री विश्वप्रकाश शर्मा जनआन्दोलनका घाइते मुकेश कायस्थलाई भेट्न बनेपाका पुगेका छन् ।
कायस्थ आफू जस्ता राजनीतिकर्मीलाई जिम्मेवारी बुझ्न र बाटो नबिराउन झकझक्याउने अनुहार भएको उनले बताए। उनले मुकेशलाई छोएर आफूले महामन्त्रीको सपथ लिएको बताए।
महामन्त्री पदको जिम्मेवारी गहिरो अनुभुति गर्न र इमान्दार ढंगले कार्य गर्न मुकेश कायस्थ र उनका मातापितालाई छोएर सपथ खान आएको शर्माले भने ।
जनआन्दोलनको क्रममा विसं २०६२ चैत २७ गते बनेपामा भएको आन्दोलनमा प्रहरीले चलाएको गोली लागि घाइते भएको मुकेश अझैसम्म पनि अचेत अवस्थामा छन्।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij