
Jun 25 2025 | २०८२, असार ११ गते
काठमाडौं । ५६ जना नेपाली मजदुर चढेको बस भारतमा दुर्घटना भएको छ । बिहीबार धनगढीबाट भारत गएको बस दुर्घटनामा ४ वर्षीय बालकको मृत्यु भएको छ भने ५ जना घाइते भएका छन् ।
५६ जना नेपाली मजदुर चढेको भारतीय यूपी०३३०पी १३७५ नम्बको बस भारतको पलियामा दुर्घटना भएको हो ।
जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार दुर्घटनामा परेर अछामको बान्नीगढी जयगढ गाउँपालिकाका ४ वर्षीय विष्णु थापाको मृत्यु भएको हो । घाइतेहरू भारतमै उपचार भइरहेको र मृतकको शव भारतमै छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij