Logo

Jun 25 2025 | २०८२, असार ११ गते

Jun 25 2025 | २०८२, असार ११ गते

मोरङ र झापाबाट लागुऔषधसहित दुई जना पक्राउ

मोरङ र झापाबाट लागुऔषधसहित दुई जना पक्राउ

  • मोरङ र झापाको छुट्टाछुटै स्थानबाट लागुऔषधसहित दुई जना पक्राउ परेका छन् ।

    images
    images
    images

     विराटनगर महानगरपालिका-१३ सैनिक टोलबाट प्रहरी टोलीले चेकजाँचको क्रममा सुन्दरहरैचा नगरपालिका-६ का ३० वर्षीय छविलाल सार्कीको साथबाट लुपिजेसिक २५ एम्पुल, डाइजेल्याब २५ एम्पुल, एभिल २५ एम्पुल, फेनारगन २५ एम्पुल, नाइट्राभेट ३० चक्की, स्पास्मोप्रोक्सिभन प्लस २४ चक्कीसहित प्रहरीले नियन्त्रणमा लिएको हो । 

    images

     विशेष सूचनाको आधारमा दमक नगरपालिका-७ अधिकारी टोलकी ५० वर्षीया मुन्नी बेगमलाई घरमा लुकाई राखेको ब्राउन सुगर ६ ग्राम ५०० मिलीग्रामसहित इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको हो । पक्राउ परेका उनीहरूमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।   

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij