
Jun 25 2025 | २०८२, असार ११ गते
काठमाडाैँ । चितवनको भरतपुरमा सवारी दुर्घटनामा दुई वर्षीया बालिकाको ज्यान गएको छ।
जिल्ला प्रहरी कार्यालयका चितवनका प्रवक्ता डिएसपी नरहरि अधिकारीका अनुसार बसन्त चोकमा आमाको हात समातेर बाटो काट्दै गरेकी बालिकालाई बागमती प्रदेश ०३-००१ ख १३०६ नम्बरको ट्रकले ठक्कर दिएको हो। ट्रकको ठक्करबाट दुई वर्षीया दीपिका जोशीको घटनास्थलमै मृत्यु भएको छ।
ठक्करबाट बालिकाको मृत्यु भएपछि स्थानीयले ट्रक जलाइदिएका छन्।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij