
Jun 25 2025 | २०८२, असार ११ गते
काठमाडौँ । सप्तरीमा टिपरले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार एकै परिवारका तीन जनाको मृत्यु भएको छ ।
जिल्लाको बलान बिहुल गाउँपालिकाको –२ दिघियाका ६५ वर्षीय मोतीलाल यादव, उनका भतिजा ३० वर्षीय रामकुमार यादव र ७ वर्षीय नाती अभिषेक यादवको मृत्यु हुँदा गाउँ नै शोकमा डुबेको छ ।
बिहीबार दिउँसो मोटरसाइकलमा सबार उनीहरुलाई सिरहाको लहानमा टिपरले ठक्कर दिएको थियो ।
यी तीनसहित चार जना प्रदेश २–०१–००२प २६८२ नम्बरको मोटरसाइकलमा सबार भएर घरतर्फ आउने क्रममा सिरहाको लहान ३ स्थित लहान–ठाडी सडक खण्डमा उत्तरबाट दक्षिणतर्फ जाँदै गरेको स.१क २६२ नम्बरको टिपरले ठक्कर दिएको इलाका प्रहरी कार्यालय लहानका प्रमुख डीएसपी डा. तपन दाहालले जानकारी दिए । उनका अनुसार तीन जनाको मृत्यु भएको र १ जना बच्चा घाइते भएका छन्।
मृतकको तीनै जनाको शव पोष्टमार्टमका लागि लहानमै राखिएको र एकै पटक तीनजनाको संस्कार गरिने प्रहरीले जनाएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij