
Jun 25 2025 | २०८२, असार ११ गते
हुम्ला । हुम्लामा चिसोबढेसँगै भेँडापालक जाडो छल्न बेँसी झर्न थालेका छन् । उच्च हिमाली क्षेत्रमा अत्यधिक चिसो बढ्न थालेपछि भेँडीगोठ बेँशीतर्फ झार्न थालिएको हो ।
सात गाउँपालिका रहेको हुम्लाका सिमकोट, नाम्खा, खार्पुनाथ ,सर्केगाड,चंखिली,अदानचुलि र ताँजकोट गाउँपालिका भेँडापालक चरनका लागि हिँउदमा बेँशी झर्ने गर्छन् । २ हजार ९ सय मिटरभन्दा अग्लो पाटनमा भेँडा चराउनु परेको हुम्ला जिल्लाका भेँडापालकको चिसो बढेकाले मंसिरदेखि बेँशीतिर झर्न थालेका भेँडा पालक सिमकोट गाउँपालिका-२ ठेहेका कालु बोहराले बताए ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij