
Jun 25 2025 | २०८२, असार ११ गते
धनगढी– कैलालीमा बस र जिप ठोक्किँदा २७ जना घाइते भएका छन्।
लम्कीचुहा नगरपालिका–३ गोराङ्गेमा काठमाडौँबाट महेन्द्रनगरतर्फ जाँदै गरेको सुपप्र ००२–००१ ख १०८४ नम्बरको बस र विपरीत दिशाबाट आउँदै गरेको से१च १५९३ नम्बरको स्कारपियो एकआपसमा ठोक्किँदा ,२७ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।
स्कारपियोमा सवार चालकसहित ३ जना र बसमा सवार ३८ जना गरी ४१ जना सवार थिए ।
घाइतेहरु लम्कीस्थित लालरत्न अस्पतालमा उपचार भइरहेको र अन्य सवार सकुशल अवस्थामा रहेको प्रहरीले बताएका छन्।
प्रतिकारात्मक तस्बिर
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij