
Apr 30 2025 | २०८२, वैशाख १७ गते
काठमाडौं । बार्सिलोनालाई पराजित गर्दै बोका जुनियर्सले म्याराडोना कपको उपाधि जितेको छ । मंगलबार राति साउदी अरेवियामा भएको खेलमा अर्जेन्टिनी क्लब बोका जुनियर्सले स्पेनिस क्लब बार्सिलोनालाई ट्राइब्रेकरमा ४.२ अन्तरले पराजित गर्दै उपाधि जितेको हो ।
खेलको निर्धारित समय १.१ गोलको बराबरीमा सकिएपछि खेलको निर्णय पेनाल्टी सुटआउटमा गरिएको थियो । जसमा बोका जुनियर्सले बाजी मारेको हो ।
अर्जेन्टिनी स्टार खेलाडी म्यारोडोनाको गत बर्ष निधन भएपछि उनको सम्झनामा आयोजना गरिएकोे खेलमा बार्सिलोनाले आफ्नो दोस्रो रोजाईका खेलाडीलाई अवसर दिँदा डिफेण्डर ड्यानी आल्भेसले दोस्रो पटक डेब्यु गरे ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij