
Jun 25 2025 | २०८२, असार ११ गते
गुल्मी — गुल्मीको रेसुंगा नगरपालिका–३ की २१ वर्षीया सम्झना बोहराको हत्याका अभियुक्त लालबहादुर खत्रीलाई जिल्ला अदालत गुल्मीले जन्मकैदको फैसला सुनाएको छ ।
रेसुंगा नगरपालिका–३ निवासी ४७ वर्षीया खत्रीलाई जिल्ला अदालतका न्यायाधीश राधाकृष्ण उप्रेतीले जन्मकैदको फैसला सुनाएका हुन् । फैसलाको पूर्ण पाठ तयार नभइसकेकाले क्षतिपूर्ति नतोकिएको तहसिलदार रामबहादुर कुँवरले बताए ।
बोहराको हत्या आरोपमा २९ माघ २०७७ मा खत्रीलाई पक्राउ गरी अदालतमा पेस गरिएको थियो । सम्झना २९ माघ २०७७ देखि बेपत्ता थिइन् । शव १९ दिनपछि घरदेखि तल बोरामा पोको पारेर फालिएको अवस्थामा फेला परेको थियो । अभियुक्त खत्रीले नै १७ फागुन २०७७ मा गाउँमा शव गन्हायो भनेर प्रहरीलाई खबर गरेका थिए ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij