
Apr 30 2025 | २०८२, वैशाख १७ गते
काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालले प्रतिनिधि सभा बैठक अवरोध गरेको छ ।
नयाँ बानेश्वरस्थित संसद् भवनमा मंगलबार (आज) दिउँसो २ बजे दशौँ अधिवेशनको पहिलो बैठक सुरु भएको हो ।
बैठक सुरु भएलगत्तै एमाले सांसदहरुले उठेर विरोध जनाएका थिए । एमालेले लामो समयदेखि प्रतिनिधि सभाको बैठक अवरोध गर्दै आएको छ ।
दोस्रो विघटनपछि यो तेस्रो अधिवेशन हो । एमाले सांसदहरुको नाराबाजीकै बीच सभामुख अग्निप्रसाद सापकोटाले संसद बैठक सञ्चालन गरेका छन् ।
उक्त बैठकमा सरकारका तर्फबाट ६ वटा विधेयक पेश गर्ने कार्यसूची छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij