
Jun 25 2025 | २०८२, असार ११ गते
काठमाडौँ । सांग्रिला डेभलपमेन्ट बैंकले काठमाडौँको सामाखुसीस्थित मानव सेवा आश्रमलाई नगद रकम र खाद्यान्न सहयोग गरेको छ । यस आश्रमले घरबारविहीन, सडकपेटीमा बस्ने व्यक्ति तथा मानसिक सन्तुलन गुमाएकालाई आवाससहितको सुविधा दिने उद्देश्य रहेकाे छ । ४ वर्ष अघि स्थापना भएको उक्त आश्रममा हाल ७५ जनाले आश्रय लिँदै आएका छन् ।
संस्थालाई बैंकका प्रमुख कार्यकारी अधिकृत सुयोग श्रेष्ठले खाद्यान्न र सहयोग रकम हस्तान्तरण गरे । बैंकको यो सहयोगले आश्रमलाई राहत मिलेको मानव सेवा आश्रम सञ्चालिका यशोदा बर्तौलाले बताइन् ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij