Logo

Jun 25 2025 | २०८२, असार ११ गते

Jun 25 2025 | २०८२, असार ११ गते

१६८ विपन्न परिवारलाई टिनको छाना

१६८ विपन्न परिवारलाई टिनको छाना

  • कञ्चनपुर । पुनर्वास नगरपालिकामा विपन्न परिवारको खर हटाएर टिनको छाना राख्ने कार्य सुरु भएको छ । सङ्घीय सरकारको सुरक्षित आवास कार्यक्रम अन्तर्गत नगरपालिका क्षेत्रका ११ वटै वडामा कार्यक्रम सञ्चालन गरिएको छ ।   

    images
    images
    images

    नगरपालिकाभित्र रहेका विपन्न अवस्थाका १६८ परिवारको घरमा टिनको छाना राख्नका लागि छनोटको कार्य भइसकेको नगरप्रमुख जीवनराज थापाले बताए । “छनोटमा परेका प्रतिपरिवारलाई रु ५० हजारका दरले अनुदान रकम दिने व्यवस्था गरिएको छ”, उनले भने, “पहिलो किस्ताका रुपमा ६० प्रतिशत रकम बैंक खातामार्फत उपलब्ध गराउछौं । दोस्रो किस्ताको बाँकी ४० प्रतिशत रकम प्राविधिकको मूल्याङकन गरेपछि उपलव्ध हुन्छ ।”

    images

    “असुरक्षित घरमा बस्दा आगलागी भई क्षति व्यहोर्नु पर्ने र सर्प लगायतका विषालु कीराको टोकाइ बासिन्दा प्रभावित नहुन भन्नकै लागि खरको छाना हटाउने अभियान सञ्चान गरेका छौं । नागरिकलाई सुरक्षित बसोबासको व्यवस्था मिलाउने जनप्रतिनिधिको कर्तव्य अनुसार कार्य भइरहेको छ” उनले भने । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij