
Jun 25 2025 | २०८२, असार ११ गते
काठमाडौँ । काठमाडौँ उपत्यकाको तापक्रम दिनहुँ घट्दो क्रममा रहेको छ । गत शुक्रबारदेखि उपत्यकाको तापक्रम दैनिक एकदेखि दुई डिग्री सेल्सियसले घटिरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । आज काठमाडौँ उपत्यकाको तापक्रम यो वर्षकै कम चार दशमलव तीन डिग्री सेल्सियसमा झरेको छ ।
तापक्रम घटेर चिसो बढ्नु कुनै प्रणालीको प्रभाव नभई मौसमी कारण भएको विभागका मौसमविद् प्रतिभा मान्नधरले बताउनुभयो । “डिसेम्बरदेखि जनावरी २० सम्म निरन्तर तापक्रम घट्दै जानेछ”, उहाँले भन्नुभयो । काठमाडौँ उपत्यकासहित देशभरको अधिकमत तापक्रमसमेत दैनिक एकदेखि दुई डिग्री सेल्सियसका दरले घट्न थालेको बताइएको छ ।
त्यस्तै आज सबैभन्दा कम जुम्लाको न्यूनतम तापक्रम माइनस चार दशमलव ६ डिग्री र सबैभन्दा धेरै सिमराको अधिकतम तापक्रम २४ दशमलव ९ डिग्री सेल्सियस रहेको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij