
Jun 25 2025 | २०८२, असार ११ गते
काठमाडौँ। कोरोना भाइरस विरुद्धको थप १९ लाख ६५ हजार ८ सय डोज मोर्डनाको खोप आज नेपाल आईपुगेको छ । नेपालले हालसम्म ३६ लाख ५१ हजार ६ सय डोज मोर्डनाको खोप प्राप्त गरेको छ ।
१८ बर्ष मुनिका उमेर समूह व्यक्तिमा लगाउन सकिने मोर्डनाको खोप पुस ४ गते देखि ५७ जिल्लामा लगाउने जनाईएको छ । यसअघि सञ्चालनमा आएको फाइजरको खोप लगाएको २० जिल्ला बाहेकका जिल्लामा खोप लगाउन सुरु गरिने स्वास्थ्य सेवा विभागले जनाएको छ ।
नेपाल सरकारले ४० लाख डोज मोर्डनाको खोप खरिद गर्ने जनाएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij