
Jun 25 2025 | २०८२, असार ११ गते
काठमाडौँ। मकवानपुरबाट ३५ किलो गाँजासहित दुईजना पक्राउ परेका छन् । ३५ किलो ४०० ग्राम अवैध लागूऔषध गाँजासहित उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ पर्नेहरूमा सर्लाही लालबन्दी नगरपालिका–५ बस्ने २२ वर्षीय किरण घिमिरे र सोही ठाउँ बस्ने सिन्धुली हरिहरपुरगढी गाउँपालिका–७ घर भएका २५ वर्षीय आकाश तामाङ थिङ छन् ।
मनहरीबाट हेटौँडातर्फ आउँदै गरेको ना ४५ च २३६१ नम्बरको गाडीलाई जिल्ला प्रहरी कार्यालय मकवानपुर प्रहरीले जाँच गर्ने क्रममा उक्त गाँजासहित फेला परेकाे छ ।
गाडी चालक घिमिरे र गाडीमा सवार थिङलाई पक्राउ गरी थप अनुन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij