
Jun 25 2025 | २०८२, असार ११ गते
काठमाण्डौ – भक्तपुरमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाकाे मृत्यु, एक जना घाइते भएका छन् ।
सूर्यविनायकबाट गुण्डुतर्फ जाँदै गरेको वाग्मती प्रदेश ०२–०३३ प ७१७३ नम्बरको मोटरसाइकल अनियन्त्रित भई बिजुलीको पोलमा ठोक्किएकाे प्रहरीले जनाएको छ ।
मोटरसाइकलको पछाडि बसेका गुण्डुका रवीन्द्र थापाको उपचारका क्रममा ज्यान गएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक राजु पाण्डेले जानकारी दिनुभयो । मोटरसाइकल चालक गुण्डुकै सुरेन्द्र बस्नेत मध्यपुर अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij