
Apr 30 2025 | २०८२, वैशाख १७ गते
काठमाडौं । काठमाडौं जिल्ला क्रिकेट संघको दोस्रो वार्षिक साधारणसभा सम्पन्न भएको छ । साधारणसभाले रिक्त रहेको दुई सदस्यमा दिवाकार घले र किरण राणालाई नियुक्त गरेको छ ।
सभाले संघको सल्लाहाकारमा ठाकुर प्रताभ थापासहित तीन जनालाई नियुक्त गरेको छ । कार्यक्रममा संघका अध्यक्ष अमित पाण्डेले काठमाडौं सधै नेपाली क्रिकेटको उर्भरभूमिका रूपमा क्रियाशील रहँदै आएको र आगामी दिनमा पनि रहने विश्वास व्यक्त गरे ।
संघका सचिव वसन्तराज सत्यालका अनुसार जुनियर छात्र र छात्रा क्रिकेट प्रतियोगिता आयोजना गर्ने तयारी गरेको जानकारी दिएका उनले २९ मंसिरबाट जिल्लास्तरीय प्रतियोगिता गर्ने पनि बताए । उनका अनुसार चाँडै नै क्रिक्रेट एकेडेमी सञ्चालन गर्ने लक्ष्य राखिएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij