Logo

Jun 25 2025 | २०८२, असार ११ गते

Jun 25 2025 | २०८२, असार ११ गते

हात्तीको आक्रमणबाट एक जना मृत्यु

हात्तीको आक्रमणबाट एक जना मृत्यु

  • कञ्चनपुर । लालझाडी गाउँपालिका–६ ढक्का शिविरका ४५ वर्षीय खगिराज राना हात्तीकाे आक्रमणबाट मृत्यु भएको छ । हात्तीले झुपडी भत्काउँदै गर्दा भाग्ने क्रममा हात्तीकाे आक्रमणबाट उनको मृत्यु भएको आरक्ष सङ्घर्ष समितिका अध्यक्ष हीरासिंह भण्डारीले जानकारी दिए ।

    images
    images
    images

    हात्तीले शिविरका बासिन्दाका २० झुपडीसमेत भत्काइ दिएको छ । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जबाट राति १५ भन्दा बढी सङ्ख्यामा छावासहितको जङ्गली हात्तीको बथान शिविरमा छिरेको उनको भनाइ छ ।  हात्तीले झुपडी भत्काउन सुरु गरेपछि शिविरका बासिन्दा सबै जम्मा भएर कराउँन थालेपछि हात्ती निकुञ्जतर्फ भागेको बताइएको छ ।

    images

    हात्तीले बस्तीमै छिरेर मानवीय क्षति गर्न थालेपछि स्थानीय बासिन्दा त्रसित अवस्थामा रहेको छ। 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij