
Jun 25 2025 | २०८२, असार ११ गते
सिन्धुपाल्चोक । बलेफी गाउँपालिका–४ बिञ्जेलमा जन्ती सबार बा २ ख ५६१४ नम्बरको बस दुर्घटनामा परेको हो। सिन्धुपाल्चोकमा बस दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। दुर्घटनामा अन्य ८ जना घाइते भएका प्रहरीले जनाएको छ।
दुर्घटनामा सोही बसका चालक बलेफी–६ का राजु तामाङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले जनाएको छ।
दुर्घटनामा घाइते भएका ८ जनाको सिन्धुपाल्चोक र धुलिखेल अस्पतालमा उपचार भइरहेको छ।
प्रतिकारात्मक तस्बिर
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij