Logo

Apr 30 2025 | २०८२, वैशाख १७ गते

Apr 30 2025 | २०८२, वैशाख १७ गते

जित खोजीमा एपीएफ र थ्री स्टार भिड्दै

जित खोजीमा एपीएफ र थ्री स्टार भिड्दै

  • काठमाडौं । जारी सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा जितको भोको बनेको एपीएफ फुटबल क्लबले औषत प्रदर्शन गर्दै आएको थ्री स्टार क्लबको सामना गर्दै छ । आइतबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने दिनको एक मात्र थ्री स्टार र एपीएफ क्लबबीच खेल दिउँसो ४:४५ बजे सुरू हुनेछ ।

    images
    images
    images

    लिगमा एपीएफ  पहिलो जितको खोजीमा हुनेछ । एपीएफ थ्री स्टारलाई हराएर पहिलो अंक जोड्न चाहन्छ । एपीएफले तीन खेल खेल्दा अंक जोड्न सकेको छैन ।  जारी लिगमा एपीएफ पुछारमा छ । 

    एपीएफ पहिलो खेलमा ब्रिगेड ब्वाइजसँग ३-२ गोल अन्तरले पराजित भएको थियो दोस्रो खेलमा च्यासल युथसँग १-० ले तथा तेस्रो खेलमा सातदोबाटोसँग ४-१ ले पराजित भएको थियो ।

    यता, थ्री स्टार दोस्रो जितको खोजीमा हुनेछ । एपीएफलाई हराएर थ्री स्टार शीर्ष पाँचमा उक्लन चाहन्छ । थ्री स्टार तीन खेलमा चार अंक जोडेर आठौं स्थानमा छ ।  

    थ्री स्टारले पहिलो खेलमा च्यासल युथ क्लबलाई ३-० ले हराएको थियो । दोस्रो खेलमा थ्री स्टार सातदोबाटो युथसँग १-० ले पराजित हुँदा तेस्रो खेलमा फ्रेन्ड्स क्लबसँग १-१ गोलको  बराबरीमा रोकिएको थियो । जारी लिगमा मछिन्द्र शीर्ष स्थानमा रहेको छ । 

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij