
Jun 25 2025 | २०८२, असार ११ गते
काठमाडाैँ । बलात्कार आरोपमा प्रहरीले नुवाकोटको ककनी गाउँपालिका–२ कोल्पुबाट एक पुरुष पक्राउ गरेको छ । पक्राउ पर्नेमा ४९ वर्षीय साहु कान्छा भन्ने सानुकान्छा बलामी छन् ।
किशोरीलाई जबरजस्ती करणी गरेको आरोप छ । १६ वर्षीया किशोरीलाई बुधबार साँझ जबरजस्ती करणी गरेको सुराक पाएपछि प्रहरी चौकी ओखरपौवा र प्रहरी चौकी ककनीबाट खटिएको टोलीले पक्राउ गरेको हो ।
घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij