
Apr 30 2025 | २०८२, वैशाख १७ गते
काठमाडौं । ग्लोबल आइएमई बैंक र त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय (प.नी.का.) बल्खु बीच बैंकले प्रदान गर्ने सेवा सुविधाहरु सम्बन्धी सम्झौता नविकरण भएको छ । ग्लोबल आइएमई बैंकले देशभरका ३० वटा भन्दा बढी सरकारी कार्यालय परिसरबाट समेत आफ्नो सेवा प्रदान गर्दै आएको छ ।
उक्त सम्झौता पत्रमा त्रिभुवन विश्वविद्यालयका परीक्षा नियन्त्रक पुष्पराज जोशी र ग्लोबल आइएमई बैंकको तर्फबाट किर्तिपुर शाखा कार्यालय प्रमुख शोभा न्यौपानेले हस्ताक्षर गरेका छन् । त्रिभुवन विश्वविद्यालयका विद्यार्थीहरुको सम्पूर्ण कारोबार यस बैंकको बल्खु स्थित काउन्टर लगायत नेपाल अधिराज्यभरका सबै शाखाबाट त्रिभुवन विश्वविद्यालयको आम्दानी खातामा जम्मा गर्न मिल्नेछ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij