Logo

May 17 2025 | २०८२, जेठ ३ गते

May 17 2025 | २०८२, जेठ ३ गते

पौडेल पक्षमा समर्थन जुट्दै, चर्चामा देउवा र सिंह,

पौडेल पक्षमा समर्थन जुट्दै, चर्चामा देउवा र सिंह,

  • काठमाडौं  । नेपाली कांग्रेसको सभापतिमा रामचन्द्र पौडेलको पक्षमा समर्थन जुट्दै गएको दाबी गरिएको छ । काठमाडौंमा शुक्रबारबाट सुरु हुन लागेको १४औँ महाधिवेशनमा नेतृत्वका लागि उम्मेदवारी घोषणा भइरहेका बेला पौडेलको पक्षमा समर्थन बढ्दै गएको दाबी गरिएको हो । 

    images
    images
    images

    सभापतिमा उम्मेदवारी घोषणा गरेका विमलेन्द्र निधिले समर्थन जनाएको बताइएसँगै पौडेलको पक्षमा समर्थन बढ्दै गएको दाबी गरिएको हो । सभापतिमा शेरबहादुर देउवा, रामचन्द्र पौडेल, विमलेन्द्र निधि, प्रकाशमान सिंह, शेखर कोइराला नाम चर्चामा छ । 

    images

    तर, आफ्नो पक्षमा समर्थन नजुटेपछि महाधिवेशनमै सहभागी नहुने भन्दै विज्ञप्ति जारी गर्ने तयारी गरेपछि पौडेललाई नेताहरूले रोकेका थिए । त्यस पश्चात सिंह र कोइरालाले छाडे आफूले पनि पौडेललाई समर्थन जनाउने भन्दै निधिले विज्ञप्ति जारी नगर्न आग्रह गरेका थिए । 

    पौडेलको पक्षमा देउवा र सिंहबाहेक अरुको समर्थन देखिएको पौडेलको सचिवालयले दाबी गरेको छ । ‘सिंहबाहेक संस्थापनइतर पक्षको समर्थन रामचन्द्रजीलाई देखिएको छ ।

    विमलेन्द्र निधिले पनि समर्थन जनाउने भएपछि आजै बेलुकासम्म उम्मेदवारी टुंगो लाग्छ’, पौडेलका स्वकीय सचिव चिरञ्जिवी अधिकारीले बताए ।
     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij