
Jun 25 2025 | २०८२, असार ११ गते
काठमाडौँ । महोत्तरीमा बुहारीको कुटाइबाट सासुको मृत्यु भएको छ । जिल्लको मटिहानी नगरपालिका–७ निवासी ६० वर्षीया जगतारण देवीको उनकै कान्छी बुहारी ३७ वर्षीया तेतरी देवी खत्वेको कुटाइबाट ज्यान गएको हो ।
बुहारीले सासुलाई लट्ठीले कुट्दा शरीरका विभिन्न भागसँगै टाउकोमा समेत गम्भीर चोट लाग्दा उनको ज्यान गएको हो । जिल्ला प्रहरी कार्यालय महोत्तरीका कार्यालय प्रमुख एसपी दिनेश आचार्यले बुहारीलाई नियन्त्रणमा लिइएको बताए । उनले मृत्युको खास कारण अहिले नखुलेकाले पोष्टमार्टम रिपोर्ट आएपछिमात्र केही भन्न सकिने जानकारी दिए ।
मृतकको शव पोष्टमार्टमको लागि जलेश्वर अस्पताल पठाइएको प्रहरीले जनाएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij